सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई पाखा गर्ने काम गरिरहेको छ : प्रमुख सचेतक पाण्डे
२०८१ माघ १८ गते शुक्रबार
- शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्नेमा सत्ता पक्ष र विपक्षलाई काखा र पाखा गर्ने काममा नै व्यस्त रहेको बताए ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई र पाखा गर्ने काम गरिरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्नेमा सत्ता पक्ष र विपक्षलाई काखा र पाखा गर्ने काममा नै व्यस्त रहेको बताए ।
उनले भने,‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनेको कुरा ठिक छ । तर भुटानी शरणार्थी लगायत जतिपनि काण्ड भइरहेको छन् । तिनमा जनताले भ्रष्टाचार नगरिने कुरालाई गिज्याइरहेको होइन् ?बोल्ने कुरा होईन् । जनताले हेरेर बोलेर देखेर पुर्याउने कुरा गर्नुपर्यो । सुशासनको कुरामा सरकारले जसरी काम गर्नुपर्ने हो गर्न सकेको छैन् । सरकार त सत्ता पक्ष विपक्षलाई काखा र पाखा पनि गरिहेको छ । सरकार सबैको हो । सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्छ । ’
उनले छिटो काम कारबाही गर्ने नाममा सरकारले जसरी अध्यादेश ल्याएको त्यो बेठिक भएको बताएका छन् । सरकारले संसदलाई मिनिमाइज गरेर संसदबाट सबैलाई लिएर हिड्न भन्दा पनि अध्यादेशबाट लैजान खोजिरहेको उनको भनाई छ ।
उनले भने,‘छिटो काम कारबाही गर्ने नाममा सरकारले जसरी अध्यादेश ल्याएको छ ।त्यो बेठिक भएको छ । सरकार अहिले संसदलाई मिनिमाइज गर्ने संसदबाट सबैलाई लिएर हिड्न भन्दा पनि अध्यादेशबाट लैजाने जुन काम खर्न खोजिरहेको छ । यो बेठिक भएको छ ।’
उनले सरकारले जनताको दुखलाई अन्देखा गरेको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।